August 1, 2021

ट्राफिक नियम को जरिवाना अवदेखि अनलाइनबाटै तिर्न मिल्ने

The Condition of Traffic Police in Our Country- OMG Nepal

ट्राफिक नियम उल्लंघनको जरिवाना अवदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको छ । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान तिर्न मिल्ने भएको बताउनुभयो ।

अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उहाले बताउनुभयो । त्यस्तै उहाले ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधी मैत्री बनाउदै लगिने जानकारी दिनुभयो ।यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो । अव कारवाहीमा परेका सवारी चालकले इसेवाको एपवाट तोकिएको जरिवाना तिर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published.