August 2, 2021

ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन

Image result for TRAFFIC

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।
ट्राफिक प्रहरीको बिशेष अपरेसन टोली परिचालन गरि चोरीमा संलग्नसहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो । सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यहि असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित नुवाकोट शिवपुरी गाँउपालीका ८ घर भएका अ. बर्ष २६ को बिष्णु मिजार लाई पक्राउ गरी आबश्यक कारबाहिको लागी महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको छ । उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो । उहाँले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न समेत मोटरसाइकल चालकहरुलाई सुझाव दिनुभयो । महाशाखाले यस आ.व. ०७७÷७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाईकल जिम्मा लगाइ सकेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.