



ललितपुर महानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ ।सोमबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३० थान ह्वील लक हस्तान्तरण गर्नुभयो । बढ्दो दुर्घटना घटाउन धोबीघाट, एकान्तकुना, जावलाखेल, कुसुन्तीलगायतका क्षेत्रमा सोमबारैदेखि ती सामग्री व्यवस्थितरुपमा राखिने महर्जनले बताउनुभयो । यसैगरी महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि गराउन छरिएर रहेका तारलाई मुठा पार्ने, २४सै घण्टा ट्राफिक जाम नियन्त्रण गर्न नगर प्रहरीलाई बस्ने ठाउँको व्यवस्थापन गरिदिने उहाले जानकारी दिनुभयो ।
महानगरपालिकाको चक्रपथ क्षेत्रमा पर्ने ७.९ किलोमिटर सडकमा हुने दुर्घटना हटाउन सडक बत्तीलगायतका आवश्यक वस्तुको व्यवस्थापनसमेत गर्ने महर्जनले बताउनुभयो ।उपरीक्षक भट्टराईले भीडभाड बढी हुने स्थानमा महानगरपालिकाका नगर प्रहरीलाई तदारुकताका साथ गर्न आग्रह गर्नुभयो । सामान खरिदमा महानगरपालिकाले करिब रु पाँच लाख खर्चिएको जनाएको छ ।
