April 15, 2024

ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिन्छ: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला भनिएका पार्टी र नेता सुध्रिए मुलुक सुध्रिने बताउनुभएको छ । आइतबार ललितपुरको मंगलबजारमा राप्रपाले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले अहिले नै ठूला भनिएका पार्टी र नेता सुध्रने अवस्था नदेखिएको समेत बताउनुभयो । यसअघि पनि नेताहरुलाइ सुध्रन आफुले सुझाव दिएपनि उल्टै आफुमाथि नै उनीहरु खनिएको तर्क गर्नुभयो । देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उहाले तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । बिकास र सुशासन लगाएतका राप्रपाले अघि सारेको मुद्धाहरु कुनै दलका लागि नभएर मुलुकका लागि भएको उहाले बताउनुभयो ।

उहाले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने यात्रामा साथ दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *