March 29, 2024

डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने विश्वास दिलाउनुभयो । उहाँले संसद विघट्नविरुद्ध अदालतमा परेको रिटको विषय अहिलेपनि सर्वोच्च अदालतमा विचाराधिन रहेको बताउनुभयो । उहाँले बहुमतप्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसकेको भन्दै वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा हुने निर्वाचनका लागि निर्वाचन आयोग तयारीमा जुटिसकेको बताउनुभयो । उहाँले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने भन्दै उल्टै प्रश्न समेत गर्नुभयो ।

नेपालमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमबारे वैदेशिक मुलुकहरुको चासो हुनु स्वभाविक भएको उहाँको धारणा छ । त्यस्तै डा. भट्टराईले नेपालको सबैसित राम्रो सम्बन्ध रहेको र सबैसँग सुमधुर सम्बन्ध राख्न चाहेको उल्लेख गर्नुभयो ।उहाँले संसद पूनस्र्थापना अब सम्भव नभएको दाबी गर्दै संवैधानिक इजलाशले अन्तिम फैसला गर्ने भएकोले अदालतको फैसलालाई पर्खनु राम्रो हुने बताउनुभयो । उहाँले अदालतलाई समेत प्रभावित गर्नेगरि विभिन्न किसिमका गतिविधिहरु, लेखहरु, अभिव्यक्तिहरु, आउनु गलत भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *