December 5, 2023

डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफुले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकारसंग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताउनुभएको हो । जिन्दगीमा धेरै अवरोधहरु सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सवै कुराले आफुलाई अघि बढाउन प्रेरित गर्ने उहाले बताउनुभयो । उहाले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गर्नुभयो । उहाले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिवद्ध भएर लागिरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफुले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गर्नुभयो ।

एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशी १० लाख डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *