December 5, 2022

तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने: अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल एमालेसग निर्वाचनमा सहकार्य नहुने स्पष्ट पार्नुभएको छ । प्रेस सेन्टर लुम्बिनीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन निर्वाचन पछि सम्म नै कायम रहने बताउदै एमालेसगँ गठबन्धनको सम्भावना तत्काल नरहेको स्पष्ट पार्नुभएको हो । प्रचण्डले नेपाली काँग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन बोल्न थालेको भन्दै नेपाली काँग्रेसको पनि भर पर्न नहुने समेत तर्क गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गर्दै नेता कार्यकर्ताहरुलाई आफ्नै एजेण्डा बोकेर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले एमसीसीका कारण गठबनधनमा केही विचलन देखिएजस्तो देखिए पनि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन थप बलियो बनेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.