June 24, 2024

तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले आगामी २०७९ जेठ ६ गते विहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न पाउनुपर्नेमा जोड दिनुभयो । नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो । २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानूनी मान्यता दिने भनिएको पनि दावी गर्नुभयो । साक्षात्कारमा राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पर्नुभयो । तर उहाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आफ्नो बताउनुभयो । उहाले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गर्नुभयो । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । महतोले मुलुकभर ७६१ सभा÷सरकार रहेको उल्लेख गर्दै यी सरकारबीच अन्तरसम्बन्ध भएपनि सबै स्वायत्त रहेको धारणा राख्नुभयो । बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागु हुने बताउनुभयो ।

उहाले स्थानीय तहको निर्वाचन समयावधि सकिएको ६ महिनाभित्र गर्नु भनेर संविधानले नै भनेकोले यसबाट दायाँबायाँ गर्न नमिल्ने स्पष्ट पार्नुभयो । अर्का अधिवक्ता डा. दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहको निर्वाचनको गर्न नमिल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *