November 30, 2023

तातोपानी नाका पुनः सञ्चालनमा

Image result for tatopani naka

सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालनमा ल्याएको छ । पछिल्लो २० दिनदेखि पूर्ण रूपमा बन्द नाका पुन सञ्चालनमा आएको हो । चिनियाँ सरकारले मितेरी पुलको पुनर्निर्माण गर्नुपर्ने भन्दै गत माघ ७ देखि २७ गतेसम्म नाका बन्द गरेको थियो । चीन सरकारले उक्त पुलको पुनर्निर्माणपश्चात् तातोपानी नाका सञ्चालनमा ल्याएको हो । नाका सञ्चालनमा आएपछि सामान बोकेका कन्टेनगर भोटेकोसी गाउँपालिकाको लार्चास्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ ।

चिनियाँ पक्षले दैनिक ४० को संख्यामा सामानसहित कन्टेनर पठाउने आन्तरिक तयारी गरेको भन्सार कार्यालयले जनाएको छ । व्यापारिक दृष्टिले चीनलाई जोड्ने प्रमुख नाका तातोपानी नाका नै हो। विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएको तातोपानी नाकाको विकल्पका रूपमा रसुवा नाका पनि खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *