May 21, 2024

तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ

नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् । अस्तित्वमा रहेको संघलाई नियमविपरित खारेज गरेको भन्दै उनीहरुले त्रिपुरेश्वरस्थीत राखेपको कार्यालय घेराउ गरेका हुन् । राखेपले खेल र संघहरुमाथिको अतिक्रमण नीति लिएकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । खेलाडी तथा प्रशिक्षकहरुले नवौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् ।उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायततासहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताउनुभयो । उहाले राखेप सदस्य सचिव नै हट्नुपर्छ भन्ने आफुहरुको मुख्य माग भएको जिकिर गर्नुभयो । जोशीले सवै भन्दा बढि मेडल ल्याउने खेललाई नै राखेपले पटक पटक विवादमा ल्याउने काम गरेको आरोप लगाउनुभयो ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै एक साता अघि तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघ बिघटन गर्दै दर्ता खारेज गरेको थियो ।

3 thoughts on “तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ

  1. Po wyłączeniu większości telefonów komórkowych zniesione zostanie ograniczenie dotyczące wprowadzania nieprawidłowego hasła.W tym momencie można wejść do systemu poprzez odcisk palca, rozpoznawanie twarzy itp.

  2. Aby całkowicie rozwiać wątpliwości, możesz dowiedzieć się, czy twój mąż zdradza cię w prawdziwym życiu na kilka sposobów i ocenić, jakie masz konkretne dowody, zanim zaczniesz podejrzewać, że druga osoba zdradza.

  3. I like the valuable info you provide in your articles. I will bookmark your weblog and check again here regularly. I’m quite sure I will learn lots of new stuff right here! Best of luck for the next!

Leave a Reply

Your email address will not be published. Required fields are marked *