November 30, 2022

तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई विदाई

चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई विदाई गरिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई विदाई गरेको हो । विदाई कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले प्रतियोगीतामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाले कोरोनाकाबीच खेलाडीहरुलाई सहि ट्रेनिङ दिएको भन्दै यसअघिको भन्दा नजिता राम्रो हुने धारणा राख्नुभयो । त्यस्तै प्रशिक्षक लामाले आसन्न एसियाली पारा खेलकुदको तयारीका लागि प्रेसिडेन्ट कप महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलाडी सृजनाले फाल्गुन ३० गते आफ्नो खेल खेल्नुहुने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.