August 1, 2021

त्रिभुवन आर्मी क्लबले फराकिलो जित

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् । सपना लामाले दुई गोल गरिन् ।

यस्तै कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले एक एक गोल गरे ।जितसंगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।चौदण्डीको यो लगातार छैटौं हार हो ।

Leave a Reply

Your email address will not be published.