July 26, 2021

थप चार हजार ५ सय २४ जनामा कोरोना पुष्टि

Corona Virus Updates | Kaya Responsible Travel

नेपालमा मंगलबार थप चार हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १४ हजार ६७२ पिसिआर परिक्षणका क्रममा चार हजार तीन सय ६४ जना र एक हजार ९ वटा एन्टीजेन परिक्षणका क्रममा १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने नेपाल हालसम्म ३१ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै ५५५ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ७८ हजार ५०६ जना संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार २२५ संक्रिय संक्रमित आइशोलेशनमा छन् ने ५८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.