December 5, 2023

थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि

Current information on the COVID-19 pandemic | Festo Corporate

नेपालमा सोमबार थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १२ हजार चार सय पिसिआर परिक्षणका क्रममा ३४ सय ४२ र ८९३ वटा एन्टीजेन परिक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख तीन हजार ५ सय ६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १७६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३७८ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७७ हजार ९५१ जनाले कोरोना जितेका छन् । हाल नेपालमा २२ हजार ४३४ संक्रिय संक्रमित आइशोलेशनमा र ६५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *