April 19, 2024

थप १०९ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ ।

त्यस्तै थप ३५० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६६ हजार ४८ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २७ सय ७९ जना आइशोलेशनमा रहदा १०९ जना क्वारेन्टाइनमाा छन् । हालसम्म नेपालमा २० लाख ६७ हजार ६९९ वटा पिरिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *