October 22, 2021

थप ११० जनामा कोरोना पुष्टि

Latest Coronavirus News (Live Updates)

नेपालमा मंगलबार थप ११० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा थप १०२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।नेपालमा हाल १५ सय ३३ जना आइशोलेशनमा छन् भने ६५ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.