July 26, 2021

थप १३० जनामा कोरोना पुष्टि

नेपालका सोमबार थप १३० जनामा कोरोना पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १९४ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा २ लाख ६८ हजार २६६ जना कोरोनामुक्त भएका छन् ।हाल १७ सय ४४ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरि हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.