July 26, 2021

थप १३८० जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप १३८० जनामा कोरोना पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १३८० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ भने हालसम्म १४५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप ५१५ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ११ हजार १८६ जना कोरोनमुक्त भएका छन् ।हाल नेपालमा १८ हजार ८३ जना आइशोलेशनमाा रहदा ६१८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १७ लाख १९ हजार ८२८ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.