December 1, 2023

थप १४२ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप १४२ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा अहिलेसम्मको कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाका कारण दुई हजार ३१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २०६ जना कोरोनामुक्त हुदा हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना कोरोनामुक्त भएका छन् ।हाल २३ सय ३५ आइशोलेशनमा छन् भने ९५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ८१ हजार ६९५ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *