August 2, 2021

थप १५० जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप १५० जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । सोमबार ९९ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७२ हजार २० जनाले कोरोना जितेका छन् । हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९९८ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published.