August 1, 2021

थप १६२ जनामा कोरोना पुष्टि

नेपालमा बुधबार थप १६२ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । त्यस्तै थप ५९ जना संक्रमितले कोरोना जितेका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार ७८६ जना संक्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन, नेपालमा हालसम्म तीन हजार तीस जनाले कोरोनाका कारण नेपालमा ज्यान गुमाएका छन् ।

नेपालमा हाल १४ सय ९३ जना आइशालेशन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ७१ हजार ३२७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.