December 5, 2023

थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Coronavirus disease (COVID-19)
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपालमा बुधबार थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार ६ सय ५२ पिसिआर परिक्षणका क्रममा ८ सय ९२ र ३ हजार ८ सय ८९ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८५ हजार ५ सय ३६ पुगेको छ । त्यस्त्ै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार १ सय २३ संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार १ सय १३ संक्रमित निको हुँदा हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना निको भएका छन् । हाल १८ हजार १ सय ९३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published. Required fields are marked *