October 23, 2021

थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

This image has an empty alt attribute; its file name is vediography2-3.gif
corona-4901878_1920-1 - TO-REACH
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपालमा मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ११ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रमम ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ३ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् । हाल नेपालमा १८ हजार ४ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.