December 5, 2023

थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण थप १० जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।

नेपालका थप २२०६ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २४ हजार ५३ कोरोनामुक्त भएका छन् ।त्यस्तै हाल १४ हजार २५५ जना आइशोलेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।हालसम्म १७ लाख ७८ हजार २४ वटा कोरोना परिक्षण गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *