December 5, 2023

थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा बिहिबार थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार २ सय ८ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ६५ र ३ हजार ९ सय ७१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजार १७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार २ जनाको कोरोनाका कारण मृत्यु भएको छ त्यस्तै थप १ हजार ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४५ हजार २ सय १५ संक्रमित निको भएका छन् । हाल २५ हजार ७७२ सक्रिय संक्रमित आइशोलेन र २ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *