October 24, 2021

थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ८ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय १० एन्टीजेन परिक्षणका क्रममा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८६ हजार ६ सय २० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार १ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६५ हजार ७ सय ५८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १८ हजार १ सय ६८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.