September 23, 2021

थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

नेपालमा बुधबार थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १२ हजार ५ सय २४ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ३२ र ४ हजार ३ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ६६५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार २ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ संक्रमित निको भएका छन् ।
हाल २६ हजार ३०३ सक्रिय संक्रमित आइशोलेन र २ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.