August 1, 2021

थप २६६ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।सोमबार थप २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो समय १०२ जना संक्रमित निको भएका छन् ।हालसम्म नेपालमा दुई लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १८ सय ३२ जना आइशालेशनमा र ६४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ८९ हजार ८२४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.