October 14, 2021

थप ३४८ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १९६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४४१ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६२ हजार २५९ जना निको भएका छन् ।हाल नेपालमा ३७ सय ६४ जना आइशोलेशेनमा छन् भने १९० जना क्वारेन्टाइनमा छन् ।नेपालमा हालसम्म २० लाख २१ हजार ७१४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.