November 30, 2023

थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि

Information about travel restrictions to Norway - Norway in Croatia

नेपालमा बिहीबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको ९ हजार ९ सय १ पिसिआर परिक्षणका क्रममा २ हजार ८ सय ७४ र ५३३७ एन्टीजेन परिक्षणका क्रममा ८७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म पिसिआर परिक्षणका क्रममा ६ लाख १ हजार ६ सय ८७ र एन्टीजेन परिक्षणका क्रममा १७ हजार ७१४ संक्रमित फेला परेका छन् ।

त्यस्तै कोरोनाका कारण थप ५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा ८ हजार २ सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप ५ हजार २ सय ९३ संक्रमित निको हुदा हालसम्म ५ लाख १५ हजार ५९१ संक्रमित निको भएका छन् । नेपालमा हाल ७७ हजार ८५८ जना आइशोलेशनमा र ६१६ जना क्वारेन्टाइनमा छन् । हालस्म्म नेपालमा ३१ लाख ८९ हजार १०४ वटा पिसिआर र ९१ हजार ३६८ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *