July 28, 2021

थप ४०३ जनामा कोरोना पुष्टि

नेपालमा बिहीबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १९ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४०५ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।हाल ४४ सय २६ जना आइशोलेशनमा रहँदा २३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २ लाख दुई हजार २४ वटा पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.