November 30, 2023

थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षण्मा १५३ जना महिला र २७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ६४ पुगेको छ ।

नेपालमा थप ७४८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५३ हजार १०७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल ६ हजार ४८ जना आइशोलेशनमा रहदा ३६७ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख ३७ हजार ७०२ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *