October 27, 2021

थप ४९ सय २८ जनामा कोरोना पुष्टि

कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर गरिएको १२ हजार ५९७ पिसिआर परिक्षणका क्रममा ४८३१ र ९६३ एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोना मुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।हाल ३४ हनार ११७ सक्रिय संक्रमित आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.