July 27, 2021

थप ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

WHO EMRO | COVID-19 questions and answers | COVID-19 | Health topics

नेपालमा आइतबार थप ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार ९८६ जनाको पीसीआर परीक्षणमा ३ हजार ७०२ र १७८४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप १०९ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । हाल मुलुकभर एक लाख ८ हजार ८९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ७६३ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.