March 29, 2024

थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा बुधबार थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न स्थानमा रहेको प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २०४ जना महिला र ३०७ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका २२५, ललितपुरका ४९ र भक्तपुरका ३८ जना रहेकाछन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ४७ पुगेको छ । नेपालमा थप ६ सय जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५१ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल ६ हजार ३ सय जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख २६ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *