April 16, 2024

थप ५३ जनामा कोरोना पुष्टि

नेपालमा आइतबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । त्यस्तै थप ७७ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७१ हजार ३२६ जना कोरोना मुक्त भएका छन् ।

गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।हाल नेपालमाा ८९१ जना आइशालेशन र ४७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १५ हजार ४११ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *