August 1, 2021

थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि

Information about travel restrictions to Norway - Norway in Croatia

नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ११ हजार ४७१ पिसिआर परिक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार एक सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

त्यस्तै थप ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हाल ९२ हजार ९२८ सक्रिय संक्रमित आइशोलेशनमा र ७३० जना क्वारेन्टाइनमा छन् भने हालसम्म ३१ लाख ३२ हजार ५९१ वटा पिसिआर र ६६ हजार ८ सय ८९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.