August 1, 2021

थप ६ हजार ८५ जनामा कोरोना पुष्टि

Advice for the public

नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १७ हजार १ सय ४७ पिसिआर परिक्षणका क्रममा ५ हजार २ सय ८५ र तीन हजार १८ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ४ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप ६ हजार ८ सय ९८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ५४ हजार ३४४ संक्रमति निको भएका छन् । हाल नेपालमा १ लाख ४ हजार ७ सय ८९ संक्रिय संक्रमित आइशोलेशनमा र ७२५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख ७४ हजार ५७१ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.