July 29, 2021

थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमणा पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा बिहीबार थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमणा पुष्टि भएको छ ।देशभर गरिएको २० हजार ४१४ पिसिआर परिक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परिक्षणका क्रममा २०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच लाख ४२ हजार २ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १०६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप सात हजार दुई सय २६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख १८ हजार ८२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र एक हजार ९ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.