October 16, 2021

थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि

Current information on the COVID-19 pandemic | Festo Corporate

नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै कोरोनाका काण थप ९६ जनाको मृत्यु भएको छ भने हालस्म्म ७ हजार ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप थप ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख २८ हजार ६७० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित आइशोलेशन र ८०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.