December 5, 2023

थप ७१० जनामा कोरोना देखिएको

नेपालमा शनिबार थप ७१० जनामा कोरोना देखिएको छ ।देशका बिभिन्न ८० प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ७१० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालका कोरोनाका कारण १७ सय ७७ जनाको मृत्यु भएको छ ।

नेपालमा थप ११७५ जना कोरोनमुक्त हुदा नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा हाल ८ हजार ८४० जना आइशोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख ६६ हजार २१० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *