August 2, 2021

थप ८९ जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९२७ जना निको भएका छन् । हाल नेपालमा ८७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९७ हजार २३५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.