July 27, 2021

थप ८ हजार दुई सय ३ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार थप ८ हजार दुई सय ३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार २८६ पिसिआर परिक्षणका क्रममा ८ हजार १ सय ३६ र ६९३ एन्टीजेन परिक्षणका क्रममा ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ७२ हजार ३५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार चार सय ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ हजार ८ सय ९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा तीन लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित आइशोलेशनमा र ७५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख १२ हजार ९५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.