December 5, 2023

थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको २२ हजार ३०६ पिसिआर परिक्षणका क्रममा ८ हजार ३ सय ८७ र ६३० एन्टीजेन परिक्षणका क्रममा २४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।हाल नेपालमा १ लाख १७ हजार २६१ सक्रिय संक्रमित आइशोलेशनमा र ९१४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

One thought on “थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि

  1. Greetings from Florida! I’m bored at work so I decided to check out your blog on my iphone during lunch break. I enjoy the knowledge you present here and can’t wait to take a look when I get home. I’m amazed at how quick your blog loaded on my mobile .. I’m not even using WIFI, just 3G .. Anyways, excellent site!

Leave a Reply

Your email address will not be published. Required fields are marked *