



नेपालमा बुधबार थप ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार ७५६ पिसिआर परिक्षणका क्रममा ८ हजार ६ सय ५ र ६१६ एन्टीजेन परिक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय ७५ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप एक हजार नौ सय ९३ संक्रमित कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८९ हजार ७८३ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताउनुभयो ।हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित आइशालेशनमा छन भने ३८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म २५ लाख ५८ हजार ५१ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
