November 30, 2023

थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।देशभर गरिएको १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।त्यस्तै थप ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ , जसमध्ये ५२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् । यो संगै नेपालमा तीन हजार सात सय २० जनाले कोरोनाका कारण हालसम्म ज्यान गुमाएका छन् ।

त्यस्तै थप चार हजार २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालम तीन लाख दुई हजार सात सय ८७ जना संक्रमण मुक्त भएका छन् ।हाल ८८ हजार १६० सक्रिय संक्रमित आइशोलेशनमा र ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पिसिआर गरिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *