December 5, 2023

थप ९३६ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार थप ९३६ जनामा कोरोना पुष्टि भएको छ ।देशका बिभिन्न ८९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ९३६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ । त्यस्तै थप १९ सय ९६ जना कोरोनमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ३८ हजार ५६९ जना कोरोनामुक्त भएका छन् ।हाल ९ हजार ८८१ जना आइशोलेशनमा छन् भने ४५७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ वटा पिसिआर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *