October 23, 2021

थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Corona crimes: multi-million face mask scam foiled by police across Europe  | Europol
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपालमा शनिबार थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १३ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइशोलेन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.