August 1, 2021

थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि

Corona Virus: Consequences for Creative Europe programme and related  activities | Europe créative

नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो ।यो संगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ । त्यस्तै थप १६८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै देशभर थप चार हजार ४४४ जना व्यक्ति निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।हाल एक लाख एक हजार ६३४ संक्रिय संक्रमित आइशोलेशन र ५१७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.