December 5, 2023

दल दुई समूहमा विभाजित देखिए आफू कुनै समूहमा नभएको स्पष्ट

Once sidelined, Bamdev Gautam emerges powerful again in NCP - myRepublica -  The New York Times Partner, Latest news of Nepal in English, Latest News  Articles

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गर्नुभएको छ ।बिहीबार राष्ट्रियसभाको बैठकको विशेष समयमा उहाँले पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुनु स्वभाविक भएपनि नेकपाका अध्यक्षले विवादमा समाधान दिन नसकेको तर्क गर्नुभयो । पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उहाँले राख्नुभयो । पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको उहाले बताउनुभयो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने उहाको भनाई छ । उहाले नेकपाले संविधानको सर्वाेच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको तर्क समेत गर्नुभयो ।राष्ट्रिय सभा सदस्य भएपछि पहिलो पटक बैठकमा बोलेका गौतमले आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन पार्टीका नेताहरुलाई धन्यवाद पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *